जनकपुर-जयनगर रेल्वेको लिक टुट्यो

काठमाण्डु टुडे २०७६ असार २९ गते १७:१७ मा प्रकाशित

जनकपुरधाम , २९ असार- अविरल वर्षाको कारण जनकपुर-जयनगर रेल्वेको लिक टुटेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवामा रहेको रेल्वे लिकमाथि ५ फिटसम्म पानी जमेपछि सो रेल्वेको लिक टुटेको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाले जानकारी दिएका छन ।
रेल्वेको करिब ६० देखि ७० मिटर सम्मको लिक टुटेको अनुगमनमा गएका प्राविधिकहरुले जनाएका छन् । इन्जिनियर ओझाका अनुसार सो स्थानमा अहिलेसम्म पनि पानी जमेको छ ।
जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठ स्टेशन छन् । महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन् ।
पहिलो चरणमा कुल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भएको छ । रेलमार्गमा एक चरणको परीक्षण सम्पन्न भइसकेको छ । बर्दिवास -जनकपुर- जयनगर- कुर्था- विजयपुराको कूल लम्बाइ ६९ किलोमिटर छ । त्यसमा पनि ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेको छ ।
इन्जिन र बोगी किन्न नेपाल सरकार कार्य गाडी बढाइसकेको छ । इन्जिन र बोगी आउने वितिकैरेल चालु हुने थियो । भारत सरकारको रु १० अर्ब सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो । रेल चलाउने नेपाल रेल्वेले तयारी गरिरहेको बेला यसप्रकारको क्षति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us