
धादिङ, १५ असार– धादिङको बेनीघाटमा एउटा बस र दुईवटा माइक्रोबस आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा धादिङ महादेवबेसीका २७ वर्षीय श्याम श्रेष्ठ र अर्की एक युवती छन् । करिब २०/२१ वर्षकी उनको परिचय खुलेको छैन । दुर्घटनामा अरु ३० जना घाइते छन् । बेनीघाट रोराङ गाउँपालिका–७ मा लु१ख ९०७९ नम्बरको बस, बा३ख १००४ नम्बरको माइक्रो बस र बा२ख ४५६७ नम्बरको अर्को माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।