प्रधानमन्त्री भन्छन्–सरकारले धेरै राम्रो काम गरेको छ, व्यस्त भएर भन्न भ्याइन

काठमाण्डु टुडे २०७६ असार १४ गते १८:५३ मा प्रकाशित

काठमाण्डु, १४ असार– प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाण्डु धुलो र धुवाँमुक्त भएको दाबी गरेका छन् ।

उनले आफू प्रधानमन्त्री भएर काठमाण्डुमा मास्क लगाएर हिंड्नुपर्ने समस्या अन्त्य गरेको बताए । ‘एक वर्षअघि म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिंड्थे’, मदन भण्डारी जयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा ओलीले भने, ‘अहिले कसैले माक्स नै लगाउनुपर्दैन ।’

प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रो काम गरेको उल्लेख गरे । आगामी दसैंसम्म सरकारको आलोचना गर्नेको मुख बन्द गरिने जिकिर पनि प्रधानमन्त्रीले गरे । ‘धेरै राम्रा काम गरेको छ सरकारले’, ओलीले भने, ‘कानून निर्माणमा व्यवस्त भएकाले जनतालाई भन्न भ्याइएको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us