रामवरणलाई आफैंले जारी गरेको संविधान मन नपरेपछि..

काठमाण्डु टुडे २०७६ असार १३ गते १९:४१ मा प्रकाशित

बुटवल, १३ असार– पूर्वराष्ट्रपति रामवरण यादवले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्वद्ध पक्षलाई आग्रह गरेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगले प्रभावकारी काम गर्न नसक्दा लामो समयसम्म शान्ति प्रक्रियाका काम ‘पेन्डिङ’ मा रहेको उनको भनाइ थियो ।

‘सबै मिलेर शान्ति प्रक्रियाको काम छिटोभन्दा छिटो सक्नुपर्छ’, बुटवलमा सञ्चारकर्मीसँग शुक्रबार यादवे भने, ‘यसमा सरकारले विशेष ध्यान दिनुपर्छ, दलहरु सबै एकै ठाउँ उभिनुपर्छ ।’ उनले शान्ति प्रक्रिया नेपाली आफैंले सुरु गरेको चर्चा गर्दै आफै.ले टुंग्याउन सक्नुपर्नेमा जोड दिए । विदेशी शक्तिको सहभागिताबिनै शान्ति प्रक्रियाले पूर्णता पाउनुपर्ने विचार उनको थियो । ‘नेपालको शान्ति प्रक्रिया हामी नेपालीहरुले नै टुंगोमा पु¥याउनुपर्छ’, यादवले भने, ‘मेरो स्पष्ट विचार यो छ कि यसमा विदेशीहरुलाई सहभागी गराइनुहुँदैन ।’

फरक प्रसंगमा यादवले संविधानमा रहेका खाल्डाखुल्डी पुर्न मधेसी, आदिवासी जनजातिसहित असन्तुष्ट पक्षको माग सम्बोधन गर्नुपर्ने उल्लेख गरे । राष्ट्रपति यादव संविधानप्रति सुरुदेखि नै असन्तुष्ट छन् । संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गर्दा यादव नै राष्ट्रपति थिए । उनले विवादित संविधान जारी गर्न आफू संविधानसभामा नआउने अडान लिएका थिए । तर, तत्कालीन सरकार र संविधानसभामा रहेका दलहरुले राष्ट्रपतिबाट ंिविधान प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था संशोधन गरेर भए पनि संविधान जारी गरेरै छाड्न बताएपछि अमिलो मन लिएर यादव संविधानसभामा उपस्थित भएका थिए । आफै.ले प्रमाणिकरण गरेको संविधानको यादवले लगातार आलोचना गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us