नेपाली सेनाले १ लाख ५० हजार फलफूलका बिरुवा रोप्ने

काठमाण्डु टुडे २०७६ असार १३ गते १६:४९ मा प्रकाशित

काठमाण्डु, १३ असार– नेपाली सेनाका हरेक जवानले एउटा फलफूलको बिरुवा रोप्ने भएका छन् ।

सेनाले नेपाल सरकारको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’ मा सरिक हुँदै ‘एक जवान एक फलफूल विरुवा’ रोपण अभियान थालनी गरेको छ । अभियानको सुरुआत गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार सैनिकमुख्यालय जंगीअड्डा हाताभित्र विभिन्न िजातका फलफूलका विरुवा रोपे । जंगीअड्डामा कार्यरत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थितिमा शुक्रबार जंगीअड्डा हाताभित्र २५० वटा विभिन्नं जातका फलफूलका विरुवा रोपिएका छन् । स्थानीय प्रतिनिधि तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागितामा सेनाका सबै पृतना, बाहिनी, गण र गुल्मले आ(आफ्ना जिम्मेवारी क्षेत्रका विभिन्नन स्थानको भित्र र बाहिर विभिन्न फलफूलका बिरुवा रोप्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सेनाले कूल १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्ने जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य विरुवा रोपण, संरक्षण र सम्बर्द्धन गर्ने योजना बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us