
काठमाण्डु– प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको लेन हटाइएको छ ।
टिकापुर हत्याकाण्डको मुख्य अभियुक्त चौधरी सर्वोच्च सर्वस्वहरणसहित जन्मकैद सजाय पाएपछि डिल्लीबजार कारागारमा थिए । बिरामी भएपछि उनलाई बिहीबार उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो । तर, सुरक्षाकर्मीले हातमा हथ्कडी र खुट्टामा नेल लगाएको चौधरीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री ओलीले नेल हटाउन र त्यसो गर्नेमाथि कारबाही गर्न मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै चौधरीको खुट्टाको नेल हटाइएको पारिवारिक स्रोतले जनाएको छ । बिरामी भएका बेलासमेत अमानवीय तवरले अस्पतालको शय्यामा नेल लगाएर राखिएको भन्दै सरकारको सर्वत्र विरोध भएको थियो । समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार भेटेर