भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु

काठमाण्डु टुडे २०७६ असार ६ गते १२:३४ मा प्रकाशित

एजेन्सी – भारतको हिमाञ्चल प्रदेशमा यात्रुवाहक बस दुर्घटना हुँदा ४५ जनाले ज्यान गुमाएका छन्, भने अन्य १५ जना घाइते भएका छन्।Accident

मृत्यु हुनेमा महिला तथा बालबालिका समेत रहेका छन्। बिहीबार हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा ६० जना सवार बस दुर्घटनामा परेको हो।

उक्त बस पहाडको बाटोबाट ३ सय मिटर तल खोलामा खसेको जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना दुखदायी भएको बताउँदै मृतकको परिवारलाई संयम रहन आग्रह गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us