विप्लव कार्यकर्ताको रिहाइ माग गर्दै ११ जिल्लाका शैक्षिक संस्था बन्द

काठमाण्डु टुडे २०७६ असार ६ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, ६ असार- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका तीनसहित ११ जिल्लाका शैक्षिक संस्था प्रभावित भएका छन् ।biplab

विप्लव निकट स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण शुक्रबार११ जिल्लाका शैक्षिक संस्था बन्द हुँदा लाखौँ विद्यार्थी प्रभावित भएका हुन् ।

आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा शैक्षिक हड्तालको आह्वान गरेको छ । शैक्षिक हड्तालका कारण यी ११ जिल्लाका सबैजसो निजी विद्यालय र क्याम्पस बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि लाखौं विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा आफ्ना कार्यकर्ता गिरफ्तार गरिएका काठमाडौं उपत्यकाका तीन जिल्लासहित उल्लिखित ११ जिल्लामा आज शुक्रबार एक दिनका लागि शैक्षिक हड्ताल गरिएको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us