
काठमाण्डु, ५ असार – कोटेश्वरमा चक्कु प्रहार भएको छ । कोटेश्वर प्रहरीका अनुसार बिहीबार दिउँसो कोटेश्वर भन्दा अगाडि जडीबुटीमा डिम्पल घिसिङले चक्कु प्रहार गरेका हुन् ।
महानगरीय प्रहरी परिसद टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
घिसिङलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुवै पाकेटमार हुन् ।