
न्यूजील्याण्ड, ११ वैशाख – बेलायतका राजकुमार विलियम न्यूजिल्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनसँग परम्परागत शैलीको माओरी अभिवादनमा संलग्न भएका छन् । दुई दिने भ्रमणका लागि बेलायतका राजकुमार अहिले न्यूजील्याण्ड पुगेका हुन् ।
आर्डेन हालै न्यूजील्याण्डमा भएको बम आक्रमणमा देशमा खेलेको नेतृत्वदायी भूमिकालाई लिएर अहिले चर्चित छन् ।
माओरी होंगी भनिने सो अभिवादनमा एक अर्कामा नाक र टाउको ठोक्काउने गरिन्छ । उनी बेलायतकी महारानी एलिजाबेथ द्दित्तियाको सट्टामा न्यूजील्याण्ड भ्रमणमा गएका हुन् ।