आइसीसी महिला टी–२०ः मलेसियामाथि नेपालको सानदार जित

काठमाण्डु टुडे २०७५ फागुन ७ गते ११:५९ मा प्रकाशित

काठमाण्डु, ७ फागुन – थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले विजयी सुरूवात गरेको छ । नेपालले मंगलबार मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमा समेटियो ।

छनोटमा ७ टोलीको सहभागिता रहेको छ । यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा छनोट हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us