काठमाण्डु, ७ फागुन – थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले पहिलो खेलमा मलेसियालाई १२७ रनको लक्ष्य दिएको छ ।
बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२६ रन बनाएको हो ।
यो प्रतियोगिता नेपालका लागि विश्वकप खेल्ने सपना पुरा गर्ने ढोकाका रूपमा लिइएको छ । छोटो समयको तयारी भए पनि थाइल्याण्डमा नै भएको टी–२० स्म्यासको उपविजेता भएका नाताले नेपाली टिम पूर्ण आत्मविश्वासका साथ थाइल्याण्ड पुगेको हो ।