काठमाण्डु, १८ माघ – टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले यूएईको चार विकेट लिएको छ । सोमपाल कामीले सुरूवाती दुई–दुई ओभरमा लगातार लगातार २ विकेट लिएपछि सन्दीप लामिछानेले लगातार २ विकेट लिए ।
लामिछानेले युएईका साइमन अनवारलाई १४ रनमा पाँचौ ओभरको पाँचौ बलमा कप्तान पारस खड्काको हातबाट क्याच आउट बनाए । यस्तै अन्तिम बलमा मोहम्बद उस्मानलाई पनि कप्तान खड्काकै हातबाट क्याच गराए ।
पहिलो ओभरमै विकेट लिएका सोमपालले आफ्नो व्यक्तिगत दोस्रो ओभरमा पनि विकेट लिएका थिए ।
कामीले पहिलो ओभरको अन्तिम बलमा आस्फाक अहमदलाई ४ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए । अहमदलाई उपकप्तान ज्ञानेन्द्र मल्लले क्याच गरेका हुन् ।
यस्तै तेस्रो ओभरमो तेस्रो बलमा युएईका गुलाम सहबर ६ रनमा आउट भए । उनलाई विकेट किपर प्रदीप ऐरीले क्याच गरे ।