प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाण्डु टुडे २०७५ माघ १२ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, १२ माघ – प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज स्वदेश फर्कंदै छन् ।

डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतिनिधिमण्डलमा रहेका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै स्वदेश फर्कंदै छन् ।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) जस्ता क्षेत्रीय संगठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us