
बनेपा, १७ माघ – नेपाल दुग्ध विकास संस्थानका अध्यक्ष तथा कृषि मन्त्रालयका सहसचिव डा. प्रभाकर पाठकले दूधको मूल्य समायोजनका लागि गृहकार्य भइरहेको बताएका छन् ।
खोरेतको महामारीको अवस्था बुझ्न काभ्रे पुगेका पाठकले पत्रकारहरुसँग कुरा गर्दै दूधको मूल्य बढाउन कार्यदलसमेत बनेको जानकारी दिए ।
‘हामी सबै विवरण अध्ययन गरेर निष्कर्षमा पुग्नेछौँ’, उनले भने । अध्यक्ष पाठकले कृषकको दूध उत्पादनको लागत महँगो भएको बताउँदै यसलाई सम्बोधन गर्नका लागि नै मूल्य समायोजन हुन लागेको जानकारी दिए ।
यद्यपी दूधको मूल्य कहिलेसम्म समायोजन हुने र कतिसम्म बढ्ने भन्ने विषयमा उनले केही बोलेनन् ।