
काठमाण्डु, ६ माघ – नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सोमबारदेखि दक्षिण एसियास्तरीय अन्तर्राष्ट्रिय प्रमाणीकरण (एक्रिडिसन) सम्बन्धी पाँचदिने कार्यशाला हुँदैछ ।
कार्यशालामा सार्कस्तरका गुणस्तरसम्बन्धी विज्ञको सहभागिता रहने महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले बताए ।
जर्मन सरकारको सहयोगमा सञ्चालन हुने कार्यशालामा प्रमाणीकरण सम्बन्धी विविध विषयमा छलफल हुनेछ ।