विश्वकप फुटबलः पहिलो ह्याट्रिकसँगै मेस्सीले के भने ?

काठमाण्डु टुडे २०८३ असार ३ गते १६:१४ मा प्रकाशित

काठमाण्डू, २ असार– फुटबलका दिग्गजहरूका लागि १७ जुन एउटा विशेष दिन थियो । धेरै खेलाडीहरू उत्कृष्ट भए पनि केन्द्रबिन्दुमा चाहिँ आर्जेन्टिनाका लिओनेल मेस्सी नै रहे ।

फ्रान्सका किलियान एम्बाप्पे र नर्वेका एर्लिङ होलान दुवै जनाले दुई–दुई गोल गरेर जारी फिफा विश्वकपमा चर्चा र प्रशंसा कमाएको केही घण्टापछि मेस्सी फेरी चम्कीए । एल्जिरियाविरुद्ध ह्याट्रिक गरेर मेस्सीले विश्वकपमा सर्वाधिक १६ गोलको संयुक्त कीर्तिमान समेत बनाउन सफल भए ।

अनि उमेर बढेको भए पनि आफू सक्षम रहेको उनले प्रमाणित गरे । क्यान्ससमा सूर्यास्त हुँदा ३८ वर्षीय मेस्सी छवटा विश्वकपमा सहभागी बन्ने पहिलो खेलाडी बनेर समेत उदाए । यो कीर्ति राख्न उनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई एक दिनले उछिन्न सफल भएका हुन मेस्सीले सन् २००६ मा जर्मनीमा १८ वर्षको उमेरमा विश्वकपमा डेब्यू गरेका थिए ।

त्यसको २० वर्षपछि फुटबलका महान् खेलाडीमध्ये एक मानिने उनी आर्जेन्टिनाका लागि २००औँ पटक खेल्न मैदानमा ओर्लिए । उनको खेल उत्कृष्ट रह्यो र उनी पहिलाको जस्तै फुर्तिला र कुशल देखिए ।

मेस्सीले के भने
‘मेरो परिवार, मेरा टोलीका साथीहरू जो सधैँ साथमा हुन्छन् … उनीहरूसँगै बसेर रमाउन पाउनु निकै सुन्दर क्षण हो ।’ पछि उनले भने ।

‘हाम्रो टोली निकै एकजुट छ, निकै बलियो छ। मलाई राम्रो लागेको छ, एउटा कठिन खेल जित्न पाउनु हाम्रो सौभाग्य हो। पहिलो खेल जित्नु महत्त्वपूर्ण हुन्छ ।’

‘म समर्थकहरूप्रति कृतज्ञ छु किनभने उनीहरूले फेरि आर्जेन्टिना फुटबल भनेपछि कति भुतुक्क हुन्छ भन्ने कुरा देखाइदिएका छन्। आज हामीले पुनः रङ्गशाला खचाखच भरिदियौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us