अर्जेन्टिना भर्सेस अल्जेरियाः कीर्तिमान नजिक मेसी

काठमाण्डु टुडे २०८३ असार २ गते १५:५४ मा प्रकाशित

काठमाण्डू, २ असार– साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियासँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्ने भएको छ ।

समूह ‘जे’ अन्तर्गतको खेल नेपाली समयअनुसार बुधबार बिहान ६ः४५ बजे हुनेछ । खेलसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसीले नयाँ इतिहास रच्ने अवसर प्रप्त गर्ने छन । अनी त्यति मात्र होइन मेसी खेलाडी मात्र नभएर मैदानमा जादुगर जस्तै देखिन्छन् । अल्जेरिया विरुद्ध मैदान उत्रँदा मेसीले नयाँ कीर्तिमान समेत बनाउनेछन् ।

उनी लगातार ६ फिफा विश्वकप खेल्ने विश्वकै पहिलो खेलाडी बन्नेछन् । साथै विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान पनि मेसीकै नाममा छ र अल्जेरिया विरुद्धको खेल विश्वकपमा उनको २७ औं खेल हुनेछ । त्यति मात्र होइन अल्जेरिया विरुद्ध मैदान उत्रँदा मेसीले व्यक्तिगत रुपमा अर्को उपलब्धी पनि हासिल गर्नेछन् ।

अर्जेन्टिनाको लागि उनको यो २००औं अन्तर्राष्ट्रिय खेल हुनेछ र ला अल्बिसेलेस्टेका लागि २०० खेल खेल्ने उनी पहिलो खेल हुनेछन् । पछिल्लो समय ह्याम्स्ट्रिङमा केही समस्या देखिएपछि मेसीले मैत्रीपूर्ण खेलहरुमा कम समय मात्र खेलेका थिए । उनलाई विश्वकपकै लागि भनेर प्राथमिकतामा राखिएको थियो ।

विश्वकपअघि आइल्यान्ड विरुद्धको मैत्रीपुर्ण खेलमा भने मसीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । उनै मेसीको कप्तानीमा रहेको अर्जेन्टिना फेरि एकपटक विश्वकप जित्ने लक्ष्यसहित अमेरिकीमा छ र अल्जेरिया विरुद्ध सुखद सुरुवात गर्दै उपाधि अभियान थाल्नेछ ।

विशव च्याम्पियन अर्जेन्टिना यस पटक विश्वकपमा शीर्ष वरियतामा रहेर खेल्दैछ । अल्जेरिया २८औं स्थानमा छ । साथै यस पटक अर्जेन्टिना इटाली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ । चार वर्षअघि कतारमा फिफा विश्वकप उपाधि जित्दै ३६ वर्षको खडेरी तोडेको थियो ।

तर त्यस संस्करणमा अर्जेन्टिना पहिलो खेलमै एसियन राष्ट्र साउदी अरेबियासँग अप्रत्यासित रुपमा पराजित भएको थियो । अर्जेन्टिनाका लागि त्यो राम्रो पाठ बनेको थियो र त्यसपछि बाँकी सबै खेल जितेर च्याम्पियन बन्यो । त्यसैले अल्जेरिया विरुद्ध पहिलो खेल खेल्दा अर्जेन्टिनाले त्यसलाई हल्का रुपमा भने लिने छैन ।

अर्जेन्टिन लगातार १४ औं र समग्रमा १९ औं पटक विश्वकप खेल्दैछ । लियोनल स्कालोनीको प्रशिक्षणमा रहेको टोली पछिल्लो समय उत्कृष्ट लयमा देखिएको छ । दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान हासिल गरेको अर्जेन्टिना विश्वकपअघि खेलेका मैत्रीपूर्ण खेलहरूमा पनि प्रभावशाली देखिएको थियो ।

यता, १२ वर्षपछि विश्वकपमा फर्किएको अल्जेरिया सुखद सुरुवातको खोजीमा हुनेछ । कप्तान रियाद माहरेज तथा स्ट्राइकर मोहम्मद अमौरामाथि टोलीको मुख्य आशा रहनेछ । अफ्रिकी छनोटमा अमौराले १० गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । अर्जेन्टिना र अल्जेरियाबीच यसअघि एकपटक मात्र भेट भएको छ ।

सन् २००७ मा भएको मैत्रीपूर्ण खेलमा मेसीले दुई गोल गर्दा अर्जेन्टिनाले ४–३ को जित निकालेको थियो । विश्वकपको पहिलो खेल भएकाले दुवै टोलीका लागि नतिजा महत्त्वपूर्ण रहनेछ । तर विश्व च्याम्पियन अर्जेन्टिना भने जितसहित आफ्नो उपाधि रक्षा अभियान सुरु गर्ने योजनामा मैदान उत्रनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us