६१ किलो सुन तस्करी प्रकरणकी आरोपी रोका पक्राउ

काठमाण्डु टुडे २०८२ असार ६ गते १६:२२ मा प्रकाशित

काठमाण्डू ६ असार– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ गरेको छ । ब्यूरोले रोकालाई काठमाण्डू पक्राउ गरेको एक अधिकृतले जानकारी दिए ।

उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् ।

ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता रहेको पाइएको छ । राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

१९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us