गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

काठमाण्डु टुडे २०८२ असार २ गते १६:०३ मा प्रकाशित

काठमाण्डू, २ असार– चितवनमा गैँडाको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।

कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिएका छन ।

कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us