
काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल राष्ट्रि स्वतन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभाको बैठकमा वेल घेराउमा छन् ।
कहिले नाराबाजी त कहिले मौन रहेर वेल घेरा उगर्दै आएका उनीहरू कहिले उठ्छन् त कहिले पलेटी कसेर बस्छन् । यसक्रममा पूर्व शिक्षा मन्त्री समेत रहेकी रास्वपाकी सांसद सुमना श्रेष्ठ योग आसनमा झैँ वेलमा बसिरहेकी छन् ।
आँखा चिम्लेर केही ध्यान गरे जस्तो गर्दै उनले संसद्मा विरोध जनाइरहेकी छ्न् । रास्वपा भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय छानबिन आयोग बन्नुपर्ने अडानमा छ । नैतिकताको आधारमा गृहमन्त्री रमेशले लेखकले राजीनामा दिनुपर्ने पनि उनीहरूको माग छ । यही माग राखेर गत जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका थिए ।
तर, जेठ ३० गते सत्तापक्षसँग २ बुँदे सहमति गरेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभाको कामकारबाहीमा सहभागी भएको छ । तर, रास्वपा भने आन्दोलनमै छ ।