
काठमाण्डू, २ असार– आफु विरुद्ध साइबर अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्ध पत्रकार दिलभूषण पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका छन् ।
पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पाठकको पेसी तोकिएको छ ।
उनको पेसी ‘ढ’ नम्बरमा रहेकाले आजै पालो आउनेरनआउने यकिन भएको छैन । हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरलाई जोडिएको भन्दै उनले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएका थिए ।
त्यसपछि जिल्ला अदालत काठमाण्डूले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अहिले उनले उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको निवेदन दायर गरेका हुन् ।