यात्रुलाई सास्ती !

काठमाण्डु टुडे २०८२ जेठ १९ गते १२:२९ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– आज (सोमबार) बाट यातायात व्यवसायीले सुरु गरेको आन्दोलनका कारण काठमाण्डू उपत्यकामा सर्वसाधारणले सास्ती बेहोरेका छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीहरूले आन्दोलन गरेका हुन् । व्यवसायीहरूले नै बन्द गरेपछि काठमाण्डू उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन ठप्प छ । सवारी साधन नचलेपछि ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन ।

अस्पताल जान हिँडेका बिरामीले पनि सास्ती बेहोरेका छन् । सञ्चालनमा आएका गाडीमा सर्वसाधारण कोचाकोच गरेर यात्रा गरिरहेका छन् । बिहानैदेखि सडकपेटी र प्रतीक्षालयमा सर्वसाधारणको भिड लागेको थियो ।

सर्वसाधारणले सास्ती पाएपछि नेपाल प्रहरीले पनि उपत्यकामा दुई वटा बस सञ्चालनमा ल्याएको छ । सावारी साधन नै बन्द गरेर आन्दोलन गरेपछि सरकारले व्यवसायीहरुसँग वार्ता सुरु गरेको छ । बिहान भएको वार्तामा व्यवसायीहरुले आफ्ना मागहरूका बारेमा गृहमन्त्री रमेश लेखकलाई जानकरी गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us