सर्बसाधारणका लागि काठमाण्डू उपत्यकामा प्रहरी सञ्चालन गर्‍यो बस

काठमाण्डु टुडे २०८२ जेठ १९ गते ११:४६ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाण्डू उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गर्ने तयारी गरेको छ । सार्वजनिक सवारी साधन बन्द हुँदा सर्बसाधारण मर्कामा परेपछि प्रहरीले बस चलाउने तयारी गरीएको प्रहरीले जनाएको छ ।

अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us