
काठमाण्डू, १९ जेठ– प्रहरीले राइड सेयरिङ सेवाको बढी भाडा नलिन चेतावनी दिएको छ । आज सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको छ ।
प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ । आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् ।
यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको संख्या पनि बढेको छ । भाडा बढाएको गुनासो आएपछि राइड सेयरिङ सेवा सञ्चालन गरिरहेको पठाओ कम्पनीले भने सूचना जारी गर्दै नबढाएको दाबी गरेको छ ।