बैतडीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १५:०० मा प्रकाशित

काठमाण्डू, १८ जेठ– बैतडीमा ट्रकको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुर्नया गाउँपालिका–५ का ८१ वर्षीय महावीर विष्ट रहेको प्रहरीले जानकारी दिएको छ ।

सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा शुक्रबार राति मिनी टाटा ट्रकले ब्याक गर्ने क्रममा विष्टलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बडुले जानकारी दिएका छन ।

ठक्कर दिने सुपप्र ०१–००१ क १८१३ नम्बरको ट्रक र ट्रक चालक घटना पछि प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । चालक सुर्नया गाउँपालिका–२, ग्वानी निवासी ३१ वर्षीय मानसिंह विष्ट रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us