नरायणहिटी दरबार क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने

काठमाण्डु टुडे २०८२ जेठ १६ गते २१:०४ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– सरकारले नारायणहिटी दरबार क्षेत्रमा सभा र जुलुस प्रदर्शनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डूले शुक्रबार उक्त क्षेत्रमा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो ।

्कारठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दरबार संग्रहालय क्षेत्रमा शनिबारदेखि आगामी असार २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको बताए ।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न पाइने छैन ।

नारायणहिटी दरबार क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

यसअघि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति शीतलनिवास र उपराष्ट्रपति भवन लैनचौर, संघीय संसद भवन नयाँबानेश्वर आसपास, सैनिक मुख्यालय भद्रकाली .क्षेत्रमा निषेधाज्ञा तोकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us