ओली सरकारविरुद्ध खरो उत्रिएका शेखर र गगन नजिकिए, तोडियो संवादहीनता

काठमाण्डु टुडे २०८२ जेठ १६ गते २०:५३ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– लामो समयको तिक्ततापूर्ण सम्बन्धपछि कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच राजनीतिक संवाद भएको छ ।

कोइराला र थापाले संवादहीनता तेड्दै संवाथ थालेका हुन् ।

दुई नेताबीच शुक्रबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको थियो ।

एमाले अध्यक्ष केपी ओली गत वर्ष ३० असारमा प्रधानमन्त्रीमा नियुक्त भएपछि सोही घरमा भएको छलफलपछि उनीहरुबीच दूरी बढेको थियो ।

ओली सरकार बनेपछि थापा ओली र सभापति देउवाको विश्वासपात्र र सरकारका सहयोगीका रुपमा प्रस्तुत भए । उनी सरकार सञ्चानका लागि काँग्रेस–एमाले गठबन्धनद्वारा गठित संयन्त्रका महत्वपूर्ण सदस्य थिए ।

सरकारको प्रतिरक्षामा खरो उत्रिएका थापा कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने र गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त नगरेपछि थापा ओलीसँग रुष्ट छन् ।

उनले केही समयअघि बिचौलियाहरु प्रधानमन्त्रीको बेडरुमसम्म पुग्ने गरेको अभिव्यक्ति दिए । कोइराला भने धेरैअघि देखि नै सरकारको आलोचनामा उत्रिएका हुन् ।

दुई तिहाईको सरकारले जनभावनाअनुसार काम नगरेको र शुसासन कायम गर्न नसकेको भन्दै कोइरालाले कटाक्षा गरिरहेका छन् ।

यस्तोमा काँग्रेसका दुई प्रभावशाली नेताहरुबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us