आफताब आलमलाई मस्तिष्कघात

काठमाण्डु टुडे २०८२ जेठ १६ गते २०:३४ मा प्रकाशित

काठमाण्डू, १६ जेठ–काँग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।

रौतहटमा जिउँदै मानिसलाई इटाभट्टामा हालेर जलाएको प्रकरणमा पाँच वर्षदेखि जेलमा रहेका उनी उच्च अदालत विराटनगरको वीरगञ्ज इजलासबाट सफाई पाएपछि बुधबार रिहा भएका थिए ।

अदालतले उनलाई छाड्दा न्यायिक विचलन भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

आलमको काठमाण्डूको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

श्रोतका अनुसार मस्तिष्कघात भएको तीन घण्टापछि मात्र उनलाई अस्पताल शुक्रबार बिहान साढे १० बजेतिर अस्पताल लगिएको थियो ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us