एआईजी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १७:५२ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– नेपाल प्रहरीका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरीएको छ । शुक्रबार आईजीपी दीपक थापाले शाहलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । जेठ ६ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us