औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएका औषधी सहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १७:२४ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– प्रहरीले औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक बिनाका औषधी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको धोवनी गाउँपालिका वडा नम्बर ५ जगनाथपुरका ३२ वर्षिय मुनिस दास रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डूका अनुसार मंगलबार (जेठ १३) काठमाण्डू दक्षिणकाली नगरपालिका ५ फर्पिङ चेकपोस्ट स्थितमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाण्डू आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६३८ नम्बरको टाटा सुमो जिपको छतमा नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक समेत नभएको निम्न औषधी लुकाइ छिपाइ ल्याएको अवस्थामा चालक मुनिस दास पक्राउ परेका थिए ।

उनको साथबाट विभिन्न किसिमका ट्याब्लेट, किटहरु बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रहरी उपरक्षिक अपील राज बोहराले बताए । उनलाई आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग काठमाण्डू पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us