
काठमाण्डू, १६ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन ।
जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्ने उनले जानकारी दिएका छन । जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको माओवादीले बिहीबार सरकारले ल्याएको आगामी वर्षको बजेट पेस गर्न दिएको थियो ।
संसद्मा अवरोध जारी राख्ने कि विकल्पमा जाने भन्ने विषयमा विज्ञहरूको रायबाट थप निर्णय लिने माओवादीको तयारी छ ।