कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाण्डु टुडे २०८२ जेठ १६ गते ११:२५ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन् ।

शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ । सचिवालयका अनुसार सभामुख घिमिरेले शुक्रबार मध्याह्न १२ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् ।

यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us