अनेरास्ववियुलाई एमालेको निर्देशन: ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू

काठमाण्डु टुडे २०८२ जेठ १६ गते ११:१८ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– एमाले निकट अनेरास्ववियुको यही महिना हुने महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले जेठ १४ गते जारी गरेको परिपत्र अनुसार यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौँको कीर्तिपुरमा हुने अनेरास्ववियुको २४ औँ महाधिवेशनमा ३२ वर्षे उमेर हद कायम गर्न भनिएको छ ।

एमाले केन्द्रीय सचिवालयको ५२ औँ बैठकको निर्णयअनुसार अनेरास्ववियुमा उमेर हदको निर्णय भएको र सोही अनुसार व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

एमाले जनसंगठन संयन्त्रका संयोजकलाई बोधार्थसहित महासचिव पोखरेलले पठाएको परिपत्रमा सम्पन्न हुन गइरहेको अनेरास्ववियको महाधिवेशनमा ३२ वर्ष उमेर हद नकटेका प्रतिनिधि मात्र विधानको व्यवस्थाअनुसार पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउन भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us