
काठमाण्डू १५ जेठ– सरकारले सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराएका हुन ।