मदिरा, सुर्ती र चुरोटमा भन्सार महसुल र अन्तःशुल्क बढ्यो

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १८:२६ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत राखेको छ । आज ९बिहिबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‍मा आर्थिक वर्ष ०८२–८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको जानकारी गराएका हुन ।

विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न यस्ता सवारीसाधनमा लाग्दै आएका करलाई यथावत राखिएको पौडेलले बताए । सरकारले बजेटमार्फत भन्सार कर बढाउन सक्ने हल्लाका बीच व्यापारीहरूले धमाधम गाडी आयात गर्दा चोभारस्थित सुक्खा बन्दरगाह भरिभराउ भएको थियो । नेपालमा बसी सूचना प्रविधिको काम गरी गने आयमा आयकरको दर ५ प्रतिशत आयकर लाग्ने र त्यो नै अन्तिम हुने पौडेलले बताए ।

साथै सूर्तीजन्य पदार्थ तथा मदिरामा करको दर बढाउने घोषणा उनले गरे । अर्थमन्त्री पौडेलले भ्याट, अन्तःशुल्क र आयकर कानुनमा परिमार्जन गर्ने उनले बताए । यसैगरी भ्याटमा बहुदर लगाउन अध्ययन गर्ने घोषणा पनि उनले गरे । सूचना प्रविधिमा आधारित उद्योग र होटललाई आयकर छुट दिने घोषणा उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us