सूचना प्रविधि र होटललाई आयकर छुट

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १८:२४ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले सूचना प्रविधि र होटलमा विद्युत् महसुल र आयकर छुट दिने सरकारले नीति लिएको छ ।

आज (बिहिबार) आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विशेष उद्योग सरह छुट दिने व्यवस्था गरेको भन्दै सूचना प्रविधि सेवा निर्यात गर्दा प्राप्त हुने आयमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा बेच्ने व्यक्तिलाई जम्मा ५ प्रतिशत मात्रै कर लाग्ने यही नै अन्तिम हुने अर्थमन्त्री पौडेलले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us