उपत्यकामा १ सयवटा साझा बस थपिने

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १७:३० मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराउने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

काठमाण्डू उपत्यकामा वायु प्रदूषण कम गर्न साझालाई उक्त संख्यामा थप बस उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us