श्रोत नभएको भन्दै सरकारले बढाएन कर्मचारीको तलब

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १७:१० मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

तर, कर्मचारीको महंगी भत्ता माशिक ५ हजार बढाइएको छ । हरेक तीन वर्षमा कर्मचारीको तलब वृद्धि गरिनुपर्ने कानूनी व्यवस्था छ ।

तीन वर्षसम्म तलब नबढेकाले कर्मचारीहरुले योपटक बढ्ने अपेक्षा गरेका थिए । श्रोतको उचित अभावमा तलब वृद्धि गर्न नसकिएको अर्थमन्त्री पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us