स्वास्थ्य मन्त्रालयको बजेट ९ अर्ब ७५ करोड बढ्यो

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:५२ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गर्ने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

मन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । गत वर्षको तुलनामा यो ९ अर्ब ५७ करोडले बढी हो ।

चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us