उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बजेट विनियोजन

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:५१ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बराबर बजेट विनियोजन गरेको छ । आज (बिहीबार) आगामी आर्थिक बर्ष ०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बराबर बजेट गरीएको जानकारी गराएका हुन ।

उनले औद्योगिक क्षेत्रको प्रवर्द्धन, स्वरोजगार सिर्जना तथा उत्पादनमा आधारित अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिँदै उद्योग मन्त्रालयका लागि उक्त बजेट व्यवस्था गरिएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us