काठमाण्डू, १५ जेठ– सरकारले शिक्षित युवालाई उद्यम गर्न विनाधितो २० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
वार्षिक तीन प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने जानकारी उनले दिए ।
शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, परियोजना प्रस्तावका आधारका आधारमा विनाधितो दुईदेखि २० लाख ऋण तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिइने उनको भनाइ थियो ।