
काठमाण्डू, १५ जेठ– सरकारले सरकारले कक्षा ५ सम्मका विद्यार्थीको दिवा खाजा कार्यक्रका लागि १० अर्ब १९ करोड रकम विनियोजन गरेको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले उक्त कार्यक्रममा लागि २८ लाख विद्यार्थी दिवा समेटिने बताए । यस्तै छात्राहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने घोषणा पौडेलले गरे । त्यसका लागि १ अर्ब २९ करोड रकम विनियोजन गरिएको उनले उल्लेख गरे ।