एक वर्षमा ९४२ मेगावाट बिजुली थपिने

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:३८ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा ९४२ मेगावाट विद्युत् थप्ने घोषणा गरेको छ । सरकारले नयाँ बजेटमार्फत् यस्तो लक्ष्य लिएको हो । योसँगै जडित क्षमता ४८०० मेगावाट पुग्ने भएको छ ।

यो आर्थिक वर्षभित्र ७३२ किलोमिटर डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बन्ने समेत लक्ष्य राखिएको छ । आज (बिहीबार) आगामी आर्थिक बर्ष ०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो दाबी गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us