बढेन वृद्ध भत्ताको उमेर

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:३५ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आज (बिहिबार) आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।

छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बताएका छन ।

साथै ज्येष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने उनले बताए । तर, उनले वृद्ध भत्ताको उमेर बढाउने बारेमा कुनै घोषणा गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us