वीर अस्पतालसहित सातै प्रदेशमा जलन उपचार विभाग स्थापना

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:३४ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले प्रत्येक मुलुकका सातवटै प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलले वीर अस्पतालमा समेत जलन उपचार विस्तार गरिने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us