महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पायो २ अर्ब ८ करोड बजेट

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:३२ मा प्रकाशित

काठमाण्डू १५ जेठ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।

आज (बिहीबार) आगामी आर्थिक बर्ष ०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरीएको जानकारी गराएका हुन ।

सो क्रममा उनले ज्येष्ठ नागरिकको सुरक्षा तथा स्वास्थ्य उपचारको उचित प्रबन्ध गरिने समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us