अबदेखि प्रदेशले नै एसईई परीक्षा सञ्चालन गर्ने

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:३० मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आगामी वर्षदेखि सम्बन्धित प्रदेशबाटै माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने घोषणा गरेको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

पौडेलले माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध गरेको जानकारी दिए ।

यसअघि संघबाटै सातवटै प्रदेशमा एसईई परीक्षा सञ्चालन हुँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us