
काठमाण्डू, १५ जेठ– सरकारले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
दमक ओलीको निर्वाचन क्षेत्र र गृहनगर समेत हो ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।