
काठमाण्डू, १५ जेठ– काठमाण्डूको भोटाहिटीबाट खुकुरीसहित एक जना पक्राउ परेका छन् ।
बिहीबार अपराह्न भोटाहिटीबाट एक पुरूषलाई खुकुरीसहित पक्राउ गरिएको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अुनसार पक्राउ पर्नेमा उदयपुर स्थायी ठेगाना घर भई हाल ललितपुर कुपण्डोल बस्ने ४५ वर्षीय भक्तबहादुर कार्की छन् ।
गणतन्त्र दिवसको पक्ष र विपक्षमा एमाले र विभिन्न राजावादी समूहले प्रदर्शन गरेको स्थान नजिकैबाट उनी पक्राउ परेका हुन् । तर, हालसम्म कार्की कुनै पनि समूहको प्रदर्शमा सहभागी भएको नखुलेको उनको भनाइ छ ।